समाज

आँबुखैरेनीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १२ घाइते

चैत ९, २०७६

    गोरखा : पृथ्वीराजमार्गअन्तरगत पर्ने आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ भने १२ जना घाइते भएका छन्। आइतबार साँझ साढे ६ बजे दुर्घटना भएको हो। 

    पोखराबाट नेपालगन्ज जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले बताए। हालसम्म तीन जनाको शव भेटिए पनि मृतक कसैको पनि सनाखत नभएको गौलीले बताए। पानी परिरहेकाले हाल उद्धार कार्यमा कठिनाइ भइरहेकाे प्रहरीले जनाएकाे छ। घटनाबारे थप विवरण जानकारी आउन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]