|

भक्तपुर : नागरिक हेल्थ ट्रस्ट फन्ड गठ्ठाघरको अग्रसरतामा माछापुच्छ्रे बैक कौशलटार शाखाद्वारा कौशलटार बसपार्कमा साबुन पानीले हात धोऔं भन्‍न‍े सन्देशसहितको स्टिल ट्यांकी राखिएको छ।  

सो स्थानमा दैनिक पानीको व्यवस्थापन र संरक्षणको जिम्मा वेभ ग्रुपले लिएको छ भने प्रयोग हुने साबुन माछापुच्छ्रे बैक, कौशलटारले व्यवस्थापन गरिने बताइएको छ। 

बैंकले यस भक्तपुर जिल्लाका लागि थप चार वटा ट्यांकी राखिने बताएको छ। बैंकको नीति अनुसार नै आज मात्र काठमाडौं जिल्ला भित्र प्रहरीसँग मिलेर १६ ठाउँमा यस प्रकारको हात धुने ठाउँको व्वस्थापन गरिएको छ। 

नागरिक हेल्थ ट्रस्ट फन्डका अध्यक्ष गोपीकृष्ण न्यौपानेका अनुसार कोरोना भाइरस आउनै नदिन नागरिक सचेतना कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट, ब्यानरहरु र भिडियो क्लिपमार्फत भक्तपुर जिल्लालाई केन्द्रित गरी विभिन्‍न कार्यक्रम गरिँदै आइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.