|

गुल्मी : बिमा कमिटीले गुल्मीमा सर्वसाधारणका लागि मास्क वितरण गरेको छ। कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि राष्ट्रिय बिमा कमिटी गुल्मीले साढे तीन हजार मास्क वितरण गरेको हो। 

गुल्मीमा रहेका जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीहरुले सर्वसाधारण, सवारी चालक, कैदी बन्दी, ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा आशा अपाङ्ग केन्द्रलाई  सेनिटाइजर र मास्क वितरण गरेका हुन्। 

तम्घासको उदिनढुङ्गादेखि बजारका विभिन्न चोकचोकमा सर्वसाधारण, मजदुर तथा सवारी चालकहरुका लागि मास्क वितरण गरेको छ। गुल्मीमा १३ जीवन बिमा र छवटा निर्जीवन बिमा कम्पनी गरी कुल १९ बिमा कम्पनीको कार्यालय रहेको छ।

ती कम्पनीहरुले संयुक्त रुपमा आइतबार तीन हजार ५०० मास्क वितरण गरेको कमिटीका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए। ‘बिमा कम्पनीलाई सय रुपैयाँ पनि खर्च गर्नुपरे केन्द्रीय कार्यालयको अनुमति लिनुपर्छ,’ उनले भने, ‘हामी हाम्रो उत्तरदायित्व बोध गर्दै सामाजिक कार्यमा खटिएका हौँ।’

कमिटीले जिल्ला कारागारलाई १२५ वटा मास्क प्रदान गरेको छ। कारागारका कैदीबन्दी तथा कर्मचारीलाई लक्षित गर्दै मास्क कमिटीले प्रदान गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.