|

जापानका प्रधानमन्त्री सिन्जो आबेले ओलम्पिक खेल सार्न सकिने बताएका छन्। 

आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा गर्ने भनिएको ओलम्पिक खेल सार्न विश्वभरबाट दबाब बढ्दै गएपछि प्रधानमन्त्री आबेको यस्तो भनाइ आएको हो। 
उनले ओलम्पिक रद्ध गर्नु उचित उपाय नभए पनि मिति सार्ने बारेमा विचार गरिरहेको बताएका हुन्। 

गत हप्ता मात्रै उनले जापानले तोकिएकै मितिमा सुरक्षित रुपमा ओलम्पिक खेल सम्पन्न गर्ने बताएका थिए।  त्यसपछि धेरै देशका ओलम्पिक समितिहरुले जापानमाथि दबाब बढाएका थिए। यसैबीच क्यानडाले ओलम्पिक खेल एक वर्ष पछाडि सार्न आग्रह गरेको छ।

क्यानडाको ओलम्पिक समितिले खेल एक वर्षपछाडि नधेल्ने हो भने प्रतियोगितामा खेलाडी पठाउन नसकिने जनाएको छ। त्यस्तै अस्ट्रेलियाको ओलम्पिक समितिले पनि जापानलाई २०२१ को लागि ओलम्पिकको तयारी गर्न आग्रह गरेको छ। 

यसअघि बेलायतको ओलम्पिक समितिले पनि तत्काल ओलम्पिक सार्नेबारे निर्णय गर्न जापानलाई आग्रह गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.