|

कैलाली : जिल्ला प्रशासन कार्यालय, कैलालीले आज (सोमबार) दिउँसो दुई बजेबाट लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ। 

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र संक्रमण फैलन नदिन अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गराउन निषेधाज्ञा जारी गरेको हो। 

भोजनालय, औषधी पसल, खाद्यान्‍न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्यकेन्द्र सञ्चालन सम्बन्धी सेवा, हवाईमार्ग यात्री वा मालसामान ओसारपसार गर्ने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा आदि जस्ता अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवा/स्थलहरू अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जिल्ला भर नगर्न/नगराउन निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.