|

काठमाडौं : नोभल कोरोना भाइरसको त्रास बढेसँगै काठमाडौं उपत्यका सुनसान जस्तै बनेको छ। कोरोना भाइरस कोभिड १९ रोकथामका लागि सरकारले आइतबारबाट अत्यावश्यक काम बाहेकमा बाहिरफेर ननिस्किन भनेसँगै उपत्यका सुनसान बनेको हो।

आइतबारसम्‍म घर फर्किनेको संख्या अत्यधिक देखिएको काठमाडौंका विभिन्‍न बसपार्क तथा चोक र महलमा आज सोमबार भने सुनसान देखिएको छ। सधैँजसो भिडभाड भइरहने पुरानो बसपार्क, भक्तपुर, ललितपुरका निकै चहलपहल हुने बजार, मल, दरबार क्षेत्र र व्यापारिक स्थलहरु समेत सुनसान बनेका छन्।

उपत्यकामा गुड्ने सवारीसाधन निकै कम देखिएका छन्। केही भाडाका र निजी गाडी तथा मोटरसाइकलबाहेक सडक शून्य प्रायः देखिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.