|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यकबाहेक भेटघाट बन्द गरेका छन्। कोरोना संक्रमणको जोखिम कम गर्न यस प्रकारको निर्णय गरिएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए। 

मुख्यमन्त्री शाहीले कोरोना भाइरसले निम्त्याएको संकट सामाधानमा उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रहसमेत गरेका छन्। कोरोना भाइरसकाे संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेकोले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेका सल्लाहकार शर्माले बताए।

कोरोनाको संकट सामाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारीक निकायहरु, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरुको निर्देशनलाई पालना गर्न र सहयोग गर्न सवै नागरिकलाई अनुरोध गर्नुभएको पनि सल्लाहकार शर्माले वताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.