|

काठमाडौं : आगामी जुलाईमा तय भएको टोकियो ओलम्पिक २०२० एक वर्ष स्थगित हुन सक्ने छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने बताएका छन्। ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्षले टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएको केही समयमा पाउण्डको यस्तो भनाइ आएको हो। 

अष्ट्रेलिया र क्यानाडाले यसअघिनै टोकियो ओलम्पिकमा आफुहरु सहभागी हुन नसक्ने बताईसकेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले प्रतियोगिताको बिषयमा निर्णय गर्न चार हप्ताको समय माग गरेको हो।

‘हामी यसलाई स्थगित गर्नेछौ। उनले भने, यसलाई सार्न सबै अवरोधहरुसँग सम्झौता गर्नेछौ। जुन ठुलो छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.