अन्य बिरामीलाई वीर र शिक्षण अस्पताल पठाइने
अन्य बिरामीलाई वीर र शिक्षण अस्पताल पठाइने
काठमाडौं : नेपालमा पनि कोरोना भाइरस संक्रमित बिरामी देखिन थालेपछि सरकारीस्तरको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले चार दिनमै २० शय्या क्षमताको 'आइसोलेसन वार्ड' तयार गरेको छ।
टेकुमा रहेको ट्रपिकल अस्पतालले चार दिनभित्रै २० शय्याको आइसीयू तयार गरेको हो। १०० शय्या क्षमता रहेको अस्पतालमा यसअघि नै चार आइसियू कक्ष थिए। कोरोना संक्रमित बिरामी भेटिएपछि र शंकास्पद बिरामीहरू चेकजाँच तथा उपचारका लागि आउन थालेपछि अस्पतालले चार दिनमानै २० वटा 'आइसोलेसन वार्ड' तयार गरेको जानकारी दिएको छ।
कोरोना भाइरसको जोखिम बढेपछि शंकास्पद तथा संक्रमितको उपचार गर्नुपर्ने भन्दै यसअघि चैत ५ गते स्वास्थ्य मन्त्रालयले टेकुलगायत चार अस्पताललाई छुट्टै आइसीयु कक्ष तयार गर्न पत्र पठाएको थियो। टेकुमा ४० तथा पाटन, सशस्त्र र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०-२० शय्या गरी एक सय २० शय्या आइसियू थप्न निर्देशन दिइएपनि टेकु बाहेकका अस्पतालले प्रकृयासमेत अघि बढाएका छैनन्।
टेकु अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाका अनुसार यसअघि पाँचवटा मात्रै 'आइसोलेसन वार्ड' रहेको अस्पतालमा थप २० समेत गरी अहिले २४ वटा 'आइसोलेसन वार्ड' तयारी हालता राखिएको छ।उनले भने, ‘सम्भावित जोखिमलाई ध्यानमा राख्दै हामीले द्रूत गतिमा आइसोलेसन वार्ड विस्तार गरेका हौँ।‘
खतिवडाका अनुसार अबदेखि अस्पतालमा आउने सबै सामान्य बिरामीलाई अन्यत्र रिफर गरेर बाँकी ९६ शय्यालाई पनि 'आइसोलेसन' बनाउन लागिएको छ। आइसीयू सञ्चालनका लागि आवश्यक २० बेड, २० प्यासेन्ट मनिटर, ११ भेन्टिलेटर, एक पोर्टेबल एक्सरे, एक पोर्टेबल अल्ट्रासाउन्डलगायत ५१ प्रकारका उपकरणमध्ये ९५ प्रतिशत नेपाल आइसकेका छन्।
कोरोना संक्रमणको आशंका गरिएका बाहेक अबदेखि टेकु अस्पतालमा आउने अन्य बिरामीलाई वीर र शिक्षण अस्पतालमा रेफर गरिने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।