|

मुगु : हिमाली जिल्ला मुगुमा (कोभिड १९) कोराना भाइरस भित्रिन नदिन चारै स्थानीय तह र सरोकारवाला निकायले १२ स्थानमा 'हेल्प-डेक्स' स्थापना गरेका छन्‌। सोमबारदेखि नै मुगुलाई 'लकडाउन' गरिएको छ।

अन्य जिल्लाबाट मुगु प्रवेश गर्ने सीमा तथा अन्य सार्वजनिक स्थानमा जिल्लाका चारवटै स्थानीय तहहरुले कोराना भाइरस संक्रमण भए/नभएको चेकजाँच गर्न  १२ स्थानमा 'हेल्प-डेक्स' स्थापना गरेका हुन।

केन्द्र र प्रदेश सरकारले कोरोनाविरूद्ध उच्च सतर्कता अपनाउन आग्रह गरेपछि मुगुमा पनि १२ स्थानमा 'हेल्प-डेस्क' स्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार जिल्लाका चारवटै स्थानीय तहले अन्य जिल्ला र छिमेकी स्थानीय तहबाट आ-आफना क्षेत्रमा प्रवेश गर्ने प्रवेशद्वारमा 'हेल्प-डेक्स' स्थापना गरेका हुन्‌। हवाई मार्गबाट आवतजावत गर्नेहरुका लागी रारा विमानस्थल ताल्चामा जिल्ला स्वास्थ्य सेवा कार्यलयले एक हप्ता अगाडि नै 'हेल्प-डेक्स' सञ्चालनमा ल्याईएको छ। यस्तै, हुम्लाबाट भित्रिने नाका छाँयानाथ रारा नगरपालिका १४ बामगाँउमा फेज नेपालले 'हेल्प-डेक्स' स्थापना गरेको छ।

छाँयानाथ रारा नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र जुम्लाबाट भित्रिनेहरुका लागि वडा नम्बर ७ राताचौरमा, मुगु कार्मारोङबाट नगरपालिकाभित्र प्रवेश गर्नेहरूका सोही नगरपालिका—१२ लुम्स र नगर क्षेत्रका लागि नगरपालिका कार्यालयमै 'हेल्थ डेस्क'को स्थापना गरिएको छाँयानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले जानकारी दिए।

छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने राराको सल्लेरी र माझ घट्मा 'हेल्प-डेक्स' राख्ने तयारी भइरहेको र कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम सञ्‍चालन गर्न कोष खडा गरिएको छ। सरकारी तथा गैरसरकारी संस्‍थासँगको सहकार्यमा नगरक्षेत्रभित्र विभिन्‍न सचेतनामूलक कार्यक्रम गर्न लागिएको नगरप्रमुख शाहीले बताए। 

बाजुरा तथा कालिकोटको पश्चिम क्षेत्रबाट भित्रिने प्रमुख नाका बाजुरा र मुगुको सीमा रहेको खत्याड गाँउापलिका१०झुगाला सोही गाउँपालिकाको—४ मसाने र जुम्ला जिल्लासँग जोडिएको सोही-५ छोट्यामा खत्याड गाउँपालिकाले 'हेल्प-डेक्स' स्थापना गरी सञ्चालनमा ल्याएको छ।

हुम्लासँग सिमाना जोडिएको सोरु गाउँपालिकाको दोमुख र सोरुकोट तथा चीनसँग सीमा जोडिएको मुगुम-कामारोगं गाउँपालिकाको सीमा मुगुम, छायल र पुलुमा 'हेल्प-डेक्स' स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

मुगु जिल्ला 'लकडाउन'मा

मुगु जिल्ला यतिबेला 'लकडाउन'मा छ। कोरोनाको संक्रमण फैलन नदिन आइतबार रातीदेखि लागू हुनेगरी लामो दूरीका भाडाका सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले आवागमन गर्न दिएको छैन।

हवाई सेवा सञ्चालनमा रहेपनि स्थलमार्ग बन्‍द गरिएको छ। सरकारी कार्यालय सञ्चालनमा रहेपनि सेवाप्रवाहमा रोक लगाइएको छ। जिल्ला 'लकडाउन' भएपछि मुगु आउन लागेका मानिसहरू बीच बाटोमै अलपत्र परेका छन्‌।

६० बेडको 'आइसोलेसन' कक्ष

कोरोना भाइरस संक्रमण भएका कुनै व्यक्ति भेटिइहाले उनीहरूलाई राख्न जिल्ला स्वास्थ्य सेवा कार्यालयले ६० बेडको 'आइसोलेसन' कक्ष तयार पारेको छ। जिल्ला स्वfस्थ्य सेवा कार्यfलयले निर्माणधीन जिल्ला अस्पतालमा ६० बेडको कक्ष तयार पारेको हो।

कोरानाका शंकास्पद बिरामीलाई तत्काल उपचार गर्न 'आइसोलेशन' कक्ष तयार पारिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.