भाइरसलाई उपन्यासको तिलस्मी पात्रको रुपमा लिनु हुँदैन

|

कोरोना भाइरस हावाको माध्यमबाट सर्छ? होइन, हुँदै होइन। कोरोना भाइरस हावामा केही समय रहन्छ। तर, यसले सामान्य अवस्थामा संक्रमण सार्न सक्दैन। तबसम्म चिन्ता गर्नुपर्दैन, जबसम्म कोभिड-१९ संक्रमित बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहदैनौँ। स्वास्थ्य चिकित्सकले पनि सम्पर्कमा नरहेसम्म चिन्ता लिनुपर्ने कुनै कारण छैन।

यो भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ। न्यु इङ्ल्याण्डमा प्रकाशित हुने एक जर्नलका अनुसार यो भाइरस हावामा तीन घण्टासम्म जीवित रहन सक्छ।

प्रयोगशालामा गरिएको परीक्षणले के देखाएको छ भने कोरोना जिवाणु केही समयसम्म हावामा निष्क्रिय भएर रहन सक्छ। त्यो पनि विरलै मात्रामा रहने गर्छ। ‘मलाई लाग्छ यसको पनि अन्त्य हुन्छ, हावामा यसका कणहर" हुन्छन्‌, तर विरलै मात्रामा रहन्छ,’ आयोवा विश्वविद्यालयका चिकित्सक स्टयाल पर्लम्यानले भने, ’तपाईंले के भइरहेको छ भनेर पत्ता लगाउनुपर्छ र यथार्थमा के भइरहेको छ त्यो पनि खुट्टयाउनुपर्छ।‘

संक्रमणको कुनै प्रमाण छैन

'यो भाइरस अन्य सरूवा रोगजस्तो अरूलाई पनि सर्न सक्ने त्यस्तो प्रमाण पनि प्राप्त भएको छैन। यसको बारेमा सही निर्धारण गर्न व्यापक रुपमा अनुसन्धान हुन जरुरी थियो', लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर जेमी लोयडले भने।

यदि यो हावाको माध्यमबाट सर्न सक्थ्यो भने अझ तिव्र गतिमा फैलने पेन्सिल्भेनियास्थित ड्रेकसेल विश्वविद्यालयका इपिडिमियोलिजस्ट माइकलले भेसरले बताएका छन्‌।

हामीमध्ये कसैलाई यसको संक्रमण फैलिएको छ भने फरक तरिकाले महसुस गर्न वा देख्न सकिने उनले बताए। सानो प्रयासबाट पनि सर्न सक्ने हुनाले हामीले अरूसँगको सम्पर्कबाट चाहिँ टाढै रहनुपर्ने भेसरले उल्लेख गरेका छन्‌। यदी यो भाइरस हावाबाटै सजिलै सर्थ्यो भने अहिलेसम्म सबै मानिसहरू यसबाट संक्रमित भइसक्ने उनी बताउँछन्‌। 

कोरोना भाइरस हावामा मात्र तीन घण्टा जीवित रहन सक्छ ।तर, भाइरसले अन्य अवस्थामा आफूलाई अनुकूल बनाएर बस्न सक्ने प्रयोगशालाको परीक्षणले देखाएको छ।

संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकलाई यस्तो सल्लाह

कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका र खटिने चिकित्सकले आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने विश्व स्वास्थ्य संगठन सरुवा रोग विभागका प्रमुख डा. मारिया भान केरखोभले बताएकी छन्‌। संक्रमित बिरामीको उपचारका क्रममा श्वासप्रश्वासका लागि गुणस्तरीय सामग्री प्रयोग गर्न, 'एन नाइन्टी फाइभ' मास्क लगाउन तथा पन्जा पहिरिनका लागि उनले सुझाएकी छिन्‌। 

'तपाई एयरोसोल उत्पादन गर्ने प्रक्रिया हुनुहुन्छ भने यी कणहरू 'एरोसोलिज' भन्ने सम्भावना हुन्छ, जसको मतलब तिनीहरू हावामा अलि बढी समय रहन सक्दछन्,’ भ्यान केरखोभले भनेकी छिन्‌।

सानो कुरा पनि चिन्ता हो

संक्रमण नभएका व्यक्तिहरु चिन्तित हुन नहुने उनले बताएकी छिन्। वास्तवमा हावामा यो भाइरस एकदमै कमजोर हुने र हावाबाटै प्रसार भएको कुनै प्रमाण फेला परेको छैन। हावाले दैनिक जीवनमा मानिसलाई कुनै असर नगर्ने अमेरिकाको न्युजर्सीस्थित प्रिन्स्टन विश्वविद्यालयका प्राध्यापक डिलान मोरिसले बताए।

यो भाइरसलाई उपन्यासको तिलस्मी पात्र जस्तो रुपमा लिन पनि हुँदैन,’  उनले भने, 'खराब तरिकाले बुझेर यसलाई बेवास्ता पनि गर्नुहुँदैन।‘ यो भाइरस हावाको माध्यमबाट नसर्ने हुनाले स्वास लिँदा नै चिन्तिन हुनुनपर्ने, तर हात भने धोइरहन चिकित्सक एवम्‌ वैज्ञानिकहरूले सुझाव दिइरहेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.