|

संखुवासभा : बिरामी भएर संखुवासभा जिल्ला अस्पताल पुगेका चार भारतीयलाई डेरामै पठाइएको छ। 

२२० केभिएको कोसी करिडोरमा काम गर्न उनीहरु भारतबाट संखुवासभाको तुम्लिङटार आएका थिए। ज्वरो र रुघाखोकी लागेपछि सोमबार साँझ उनीहरु जिल्ला अस्पताल खाँदबारी आइपुगेका हुन्। उनीसँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र रुघाखोकी आएको उनीहरुले बताएका छन्। 

कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै क्वारेन्टाइनमा राख्ने भनिए पनि तयारी पूरा नहुँदा उनीहरुलाई होम क्वारेनटाइनमै पठाइएको छ। ज्वरो र रुघाखोकी लागेका एक जना भारतीयलाई भने अस्पतालले छुट्टै कोठाको व्यवस्था गरेको थियो। बरुण क्याम्पसमा ४० बेडको क्वारेनटाइन बने पनि तयारी पूरा नभएपछि उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा डेरामै बस्ने गरी पठाइएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष जिल्ला समन्वय प्रमुख सुमन शाक्यले जानकारी दिए। 

एक बिरामीको ज्वरो घट्दो अवस्था रहेको अस्पताल व्यवस्थापन शाक्यले जानकारी दिए। उनीहरुसँग बस्दै आएका अरु १५ जनालाई पनि डेरामा सुक्षित बस्ने गरी तुम्लिङटार पठाइएको छ। ज्वरो आएर उपचाररत बिरामी नर्मल बेडमा राखिएका छन्। उनीहरू निर्माणाधीन २ सय २० केभिएको कोसी करिडोरको काम गर्न १५ दिन अघि नेपाल आएका थिए। 

क्वारेनटाइन तयारीको केही काम पुराहुन बाँकी रहेकाले तत्काल कसैलाई राख्न नसकिने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। प्रजिअ दुलालले  भने स्वास्थ्यकर्मी, खानाको व्यवस्था लगायतको तयारी पुरा हुन बाँकी रहेको र बुधबार मात्र तयारीपुरा हुने बताए। उनिहरु खाँदबारी–९, तुम्लिटारमा एक घर भाडा लिएर बसै एउटै घरमा बस्दै आएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.