|
क्वारेन्टाइनबाट भाग्दै गरेकाहरु

जाजरकोट : नेपालगञ्ज बहुमुखी क्याम्पस परिसरमा बनाइएको क्वारेन्टाइन तोडफोड गरी भागेकाहरुमध्ये ११ जना जाजरकोटमा पुगेको अवस्थामा भेटिएका छन्। 

जिल्लाको भेरी नगरपालिका-११ मा ११ जना मंगलबार राति पुगेको नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिएका छन्। 

नगर प्रमुख घर्तीका अनुसार भागेर आउनेमा भेरी-११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लीले खड्का, परवीर महतारालगायत छन्। 

उनीहरु क्याम्पसबाट तोडफोड गरी फरार भएका थिए। भेरी नगरपालिकाबाहेक शिवालय जुनिचाँदेमासमेत उनीहरुमध्ये प्रवेश गरेको आशङ्का गरिएको छ।  

जानकारीमा आएका ११ जनालाई स्थानीय प्रशासन र नगरपालिकाको पहलमा क्वारेन्टाइनमा राख्ने पहल भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.