|

धादिङ : जिल्ला सदरमुकाम धादिङबेसीमा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ। नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा रहेको डिभिजन वन कार्यालयको नयाँ भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो।

जिल्ला दैविक प्रकोप उद्धार समितिको पहलमा नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको सहकार्यमा क्वारेन्टाइन निर्माण गरिएको हो।

उक्त क्वारेन्टाइनमा विशेष गरी भारतबाट नेपाल भित्रिने सर्वसाधारणहरुलाई कोरोनाको लक्षण देखिए निगरानीमा राख्न क्वारेन्टाइन स्थापना गरिएको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु रिजालले बताए। क्वारेन्टाइनमा ३५ जना राख्न मिल्ने रिजालले बताए।

यस्तै, कोरोनाको सामना गर्न सरकारको निर्देशन र स्थानीय प्रशासनको पहलमा आवश्यक समन्वय गरेर सदरमुकाममा पूर्व तयारीको काम भइरहेको रिजालले बताए। आवश्यकता परे धादिङबेसीमा रहेका होटलहरुलाई क्वारेन्टाइन बनाइने तयारी भएको छ। जिल्ला अस्पताल धादिङमा आइसोलेसन र क्वारेन्टाइन, मेडिकल टिम आवश्यकताअनुसार राख्ने गरी कार्य अघि बढाइएको अधिकारीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.