काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूका लागि तुरून्त आर्थिक प्याकेज तुरून्त आग्रह गरेका छन्।
सरकारले हिजो (मंगलबार) देखि मानवीय गतिविधी घरभित्रै सीमित राख्न देशव्यापी ''लकडाउन'' घोषणा गरेपछि दैनिक ज्यालादारीमा जीवन धान्नेहरूको जीवन कष्टकर बन्दै गइरहेका बेला पूर्वप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले सरकारसँग यस्तो माग गरेका हुन्।
उनले इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'देशको 'लकडाउन' ७ दिनभन्दा बढी लम्बिनसक्छ, अत: कोरोनाभाइरस सँगसँगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं। ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूको निम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो, संघको वित्तीय दायित्व, प्रदेशको अनुगमन, स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोग मोडेल हुनसक्छ।'
देशको लकडाउन७ दिनभन्दा बढी लम्बिनसक्छ!अत: कोरोनाभाइरस संगसंगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं।ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूकोनिम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो!संघको वित्तीय दायित्व,प्रदेशको अनुगमन,स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ!
— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 25, 2020
सरकारले कोरोना रोकथामको लागि मंगलबारबाट एक साताको लागि 'लकडाउन' गरेको छ। 'लकडाउन'को बेलनामा अत्यावश्यक खाद्यान्न, अस्पताल र औषधि पसल, बैंक बाहेक अन्य व्यवसाय, कारोबार र गतिविधीहरू बन्द गरिएको छ। मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना संक्रमण फैलन नदिन आवतजावतमा समेत रोक लगाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।