अटेर गरे कानुनी कारबाही

|

इकमान लामा

काभ्रे : कोरोना भाईरस (कोभिड–१९) को संक्रमण थप फैलन नदिनका लागि सरकारले आह्‍वान गरेको लकडाउन आदेशलाई उल्लङ्घन गर्ने काभ्रेबाट व्यक्ति, मोटरसाइकल तथा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अत्यावश्यकबाहेक अन्य सवारीसाधन तथा ब्यक्तिहरुलाई घरभित्रै बस्न सरकारले गरेको आदेशलाई उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यो समाचार तयार पार्दासम्म लकडाउनको दोश्रो दिन आज प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६० वटाभन्दा बढी मोटरसाईकल, एउटा बस र एक जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले जिल्लामा लकडाउन उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको बताउँदै अब थप कडा रुपमा प्रस्तुत हुने बताए।

कारवाही शुरु गरेलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका कार्यालयहरुबाट लकडाउनको अटेर गर्ने मोटरसाईकल, बस तथा ब्यक्तिहरुलाई सामान्य सोधपुक्ष गरी लकडाउन कार्यान्वयन र अटेर गरे हुने कानुनी कारवाहीका बारेमा जानकारी गराईएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.