|

धनकुटा : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला धनकुटामा चारजना चिनियाँ नागरिकलाई क्वारेन्टाइनमा पठाइएको छ। चिनियाँ लगानीमा बन्न लागेको तमोर बहुउद्देश्यीय जलाशयमा सम्भाव्यता अध्ययन गर्न तीन महिना अघि नेपाल आएका उनीहरू केही दिनयता धनकुटा नगरपालिका ९ मूलघाटमा रहेको रिभर साइड रिसोर्टमा बस्दै आएका थिए।

उनीहरूलाई रिसोर्टमै क्वारेन्टाइनमा निर्माण गरेर राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदर्शनप्रसाद कोइरालाले बताए। उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र चिकित्सकको निगरानीमा रहेको र कोभिड १९ को संक्रमणको लक्षण देखिए तुरुन्त अस्पताल भर्ना गरेर स्वाब परीक्षण गरेर उपचार गर्ने व्यवस्था मिलाइने धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए।

यसैबीच, धनकुटा जिल्लामा बुधबारदेखि लकडाउनलाई कडाईका साथ लागू गरिएको छ। मंगलबार सरकारले घोषणा गरेको लकडाउन सर्वसाधरणले बढी उल्लंघन गर्नुका साथै कोरोना संक्रमित युवतीसँगै एउटै प्लेनमा आएका दुईजना छिमेकी शहर धरानमा पनि फेला परेपछि धनकुटामा बुधबारदेखि लकडाउनलाई कडाईका साथ लागु गरिएको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए।

अत्यावश्‍यक र औषधि पसलबाहेक अरू बन्द गरिएको तथा सर्वसाधारण आवतजावतमा पूर्णरुपमा निशेध गरिएको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.