|

सिन्धुली : सिन्धुलीमा एकजना युवकलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ।

केही अघि मात्रै भारतबाट घर फर्केका कमलामाई नगरपालिका २ का १९ वर्षीय एक युवकमा कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दो-जुल्दो लक्षण देखा परेकाले उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको सिन्धुली अस्पतालका कोरोना भाइरस फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिए। 

डाक्टर भण्डारीले भने, ‘उनलाई भारतमै हुँदा ज्वरो भएको रहेछ। तर घर आएपछि ज्वरो चाहिँ निको भएको रहेछ। उहाँलाई अहिले रुघा, खोकी लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भएकाले मात्रै आइसोलेसनमा राखिएको हो’ उनले भने। उनको र्‍याल, स्वाव परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकाले नमुना परीक्षण रिपोर्ट आएपछि मात्रै कोरोना हो। होइन भन्ने पत्ता लाग्छ।' 

कोरोना भाइरससँग मिल्ने केही लक्षण देखिँदैमा नआत्तिन तर कोरोनाको संक्रमणबाट भने सावधानी अपनाउन उनको आग्रह छ। यसैबीच रोजगारीको सिलसिलामा भारतमा रहेका र कारोनाका कारण घर फर्केका सिन्धुलीका १० जनालाई होम क्वारेन्टाइनमा बस्न अस्ताल तथा स्थानीय प्रशासनले आग्रह गरेको छ।

भारतबाट भर्खरै घर फर्केका भएपनि उनीहरुमा कारोना भाइरससँग सम्बन्धित कुनै लक्षण नदेखिएको र उनीहरू विरामी पनि नभएकाले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको डाक्टर भण्डारीले बताए। 

१४ दिनमा उनीहरूलाई कारोना संक्रमण भएको भए पत्ता लाग्ने भएकाले उनीहरूलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनको भनाई छ। सिन्धुलीमा बनाइएको ३९ बेडको क्वारेन्टाइन पूर्ण रुपमा तयार नभएकाले उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको हो।

सिन्धुलीमा यसअघि गत बुधबार ८१ वर्षीय वृद्धलाई अस्पतालले आइसोलेसन वार्डमा राखेर उपचारका गरेको थियो। तर उनमा कोभिड–१९ निगेटिभ भएको रिर्पोट आएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.