कतार होइन दुबईबाट आएका थिए युवक

|

काठमाडौं : कोभिड-१९ संक्रमण भएका तेस्रो नेपालीबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार दिएको सूचना नै गलत परेपछि धेरै सञ्चारमाध्यम अफ्ठेरोमा परेका छन्। 

चैत ६ गते काठमाडौं आएका धादिङका ३२ वर्षीय युवकबारे मन्त्री ढकालले दिएको सूचनालाई भेरीफाई नगरी समाचार बनाउँदा धेरै सञ्चारमाध्यमले पाठकको गाली खानु परेको हो।

युएईमा काम गर्दै आएका ती युवकबारे आफूलाई आएको सूचनाको भेरिफाई नै मन्त्री ढकालले पत्रकार सम्मेलन कतारबाट आएको भनिदिएपछि त्यही आधारमा समाचार तयार भयो। मन्त्री ढकालले पत्रकार सम्मेलनमा भनिदिए, 'कतारबाट एयर अरेबियाको जहाजमा चैत ६ गते आएका युवकलाई मंगलबार स्वास्थ्य जाँच गर्दा कोरोना संक्रमण  देखियो।

यति सूचना पाएपछि अनलाइन, टेलिभिजन र रेडियो माध्यमले तत्कालै 'कतारबाट एयर अरेबियाको जहाज चढेर आएका युवकमा कोरोना' भनेर समाचार प्रसारण, प्रकाशन गरे। तर पत्रकारले पनि कतारबाट एयर अरेबिया आउँदैन कतार एयरवेज आउँछ भन्ने हेक्का राखेनन्। नेपाल वायुसेवा निगमको उडान रोकिएको अवस्थामा दोहबाट कतार एयरवेज मात्रै आउँथ्यो।

एयर अरेबिया त सारजाहबाट आउँछ। दुबईमा काम गर्ने धादिङका ती युवक सारजाहबाटै एयर अरेबियाको जहाज चढेर काठमाडौं उत्रिएका थिए। कोरोना भाइरस (कोभिड-१९) का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते सारजाह एयरपोर्टबाट एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ मा राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

गलत सूचनाकै आधारमा समाचार फैलिइसकेको थियो। तर स्वास्थ्य मन्त्रालयले त्यो सूचना गलत भएकाले सच्याइएको जनाएको छ।

'मन्त्रीज्यूलाई सूचना दिनेले नै डुबायो, तर हामीले पछि सच्यायौं', ढकालका एक सल्लाहकारले भने, 'भेरिफाई नगरी सूचना प्रवाह गर्दा दु:ख पाइयो, अबदेखि त्यस्तो हुँदैन।'

अनि गरियो भूलसुधार

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.