|
फाइल फाेटाे

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी भएर अवैध रुपमा प्रवेश गर्न खोज्ने ९६ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिएकाहरुलाई भन्सार कार्यालय गड्डाचौकीको परिसरमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। ‘अबैध रुपमा सीमा क्षेत्रमा प्रवेश गर्ने नियन्त्रणमा लिएकाहरुबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका छौं,’ उनले भने।

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम रोक्न सीमा क्षेत्र तीन दिनदेखि बन्द गरिएको छ। यसैगरी जिल्लामा निधेशाज्ञा पालना नगर्ने ३६ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल नियन्त्रणमा लिइएको उनले बताए। कोरोनाको असरबारे सर्वसाधारणलाई जानकारी दिने कार्यसँगै जथाभावी हिँडडुल नगर्न सचेत पार्ने कार्यसमेत गरिँदै आएको डिएसपी पौडेलले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.