|

काठमाडौं : कोरोना भाइरसको संक्रमणको त्रासले बन्द रहेको सिन्धुपाल्चोकस्थित तातोपानी र रसुवाको रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले नाका सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 

उच्चस्तरीय बैकले गरेको निर्णयमा भनिएको छ– स्वास्थ्य  तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयातनिर्यात कार्य सुचारु गर्ने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.