|

काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान छन्। काठमाडौं उपत्यकाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

पहिलो र दोस्रो दिन भन्दा आज थप कडाइका साथ प्रस्तुत हुने तयारी सुरक्षाकर्मीले गरिरहेका छन्। लकडाउनको पहिलो दिन ६८ जना पक्राउ परेका थिए भने दोस्रो दिन सय भन्दा धेरै पक्राउ परेका छन्। 

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ। त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ। 

दोस्रो दिन बुधबार केही ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको थियो भने केही ठाउँमा युवाहरुलाई उठबस गराएर छाडिएको थियो। नेपाल प्रहरीले लकडाउनलाई थप कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.