|

सोलुखुम्बु : कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका सोलुखुम्बुका ४ जना मध्ये तीनजना काठमाडौंमा नै रहेको पुष्टि भएको छ। चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएकी ती युवतीलाई कोरोना संक्रमण देखिएपछि उनीसँगै आएका एकजना भने सोलुखुम्बु भित्रिएका छन्।

एउटै विमानबाट संक्रमित युवतीसँगै एउटै विमानमा आएकाहरूको खोजी कार्य जारी रहेको छ। सँगै आएका सोलुखुम्बुका चारजना मध्ये अन्य ३ जना काठमाडौंमा नै रहे पनि एकजना भने सोलुखुम्बु आएको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) लक्ष्मीकुमारी शाहीले जानकारी दिइन्।

उनका अनुसार उक्त व्यक्ति सोलुखुम्बु गोराखानीका रहेका छन्। उनलाई हालसम्म त्यस्तो कुनै पनि कोरोना संक्रमणको लक्षण देखिएको छैन। उनलाई जिल्ला प्रशासन कार्यालयले घरमै सेल्फ होम क्यारेन्टाइनमा बस्ने आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.