|

डडेल्धुरा : कोरोना संक्रमित युवती आएको एयरवेजको क्यूआर ६५० नम्बरको जहाजमा नेपाल आएका सुदूरपश्चिमका दुईजनालाई आइसोलेसनमा राखिएको छ। कोरोना संक्रमित युवतीसँगै आएका एकजना कञ्चनपुरका हुन् भने अर्का कैलालीका हुन्।

युवतीसँगै नेपाल आएका कञ्चनपुरका पुरुषलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ। कञ्चनपुरको दोधाराको ती पुरुषलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। उनी बुधबार महाकाली अस्पतालको सम्पर्कमा आएको र सामान्य स्वास्थ्य जाँचपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ। उनको थ्रोट स्वाब परीक्षणको लागि बिहीबार काठामाडौँ पठाइने बताइएको छ।

नेपाल आएका युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी गरिरहेको छ। फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि सँगै आएका कैलालीका एक युवक पनि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन्।

त्यसै जहाजमा आएकी युवतीमा कोरोनाको भाइरसको संक्रमण रहेको पुष्टि भएपछि उनी भाइसहित सेती प्रादेशिक अस्पतालमा आएका हुन्। प्रहरीले धनगढीका एकजना युवक सोही जहाजमा आएको थाहा पाएपछि बुधबार दिउँसोदेखि खोजी शुरु गरेको थियो। उनी साझ भाइसँगै मोटरसाइकलमा अस्पताल पुगेका थिए। अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए।

डा. जोशीका अनुसार उनको थ्रोट स्वाव परीक्षणका लागि बिहीबार काठमाडौं पठाउनेछ। धनगढी त्रिनगर भन्सार स्थायी बसोबास भएका उनी चैत ४ गते फ्रान्सबाट कतारवेजमा नेपाल आएका थिए।

उनी आएको जहाजबाटै नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी शुरु गरेको थियो। प्रहरीले ती व्यक्तिलाई भाइसहित धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको र परिवारका सदस्यहरूलाई घरमै सेल्फ आइसोलेसनमा राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.