|

काठमाडौं :  मुलुक लकडाउन भएको तेस्रो दिन आज काठडमाडौंमा प्रहरीले थप कडाइ गरेको छ। अनुमतिविना सञ्चालन भएका ७ सयभन्दा धेरै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहानदेखि यो समाचार तयार पार्दासम्म ७ सय २८ वटा सवारी मोटरसाइकल र गाडी नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। अत्यावश्यक पसलहरु खोल्न र भीड नहुनेगरी उपभोक्तालाई सामान विक्री गर्न सरकारले आग्रह गरेपछि खाद्यान्न, दूध, तरकारीलगायतका अत्यावश्यक पसल भने खुलेका छन्।

पसल सञ्‍चालकलाई स्यानिटाइजरको व्यवस्था गर्न र उपभोक्तालाई भीड नगरी निश्चित भौतिक दूरी कायम गरी पालैपालो सामान खरिद गर्न सरकारको आग्रह छ। तर, पनि अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन भनिएको छ।

सरकारले ठूला खाद्य स्टोर तथा पासलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र त्यसका लागि गृह मन्त्रालयले सिमित संख्यामा सवारीसाधनलाई अनुमति दिने व्यवस्था मिलाएको जनाएको छ। नगद कारोबारका लागि बैंकहरू पनि आज बिहान ११ बजेदेखि १ बजेसम्म खुलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.