|

अर्जुन काफ्ले

पथरी (मोरङ) :  कुटपिटबाट घाइते भएकी पथरीशनिश्चरे नगरपालिका–१० का एक युवाको मृत्यु भएको छ  

होलीको दिन भएको  सामान्य विवादका क्रममा स्थानीय युवाको कुटपिटबाट गम्भीर  घाइते दीपक पयाङ्गु लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।  

फागुन २७ गते होलीको समयमा भएको सामान्य विवादका क्रममा स्थानीय दोर्जे तामाङ्ग, मुस्कान राई र सञ्जय लिम्वुको समुहले लिम्बुमाथि आक्रमण गरेका थिए। 

घाइते भएका लिम्बुको पथरी बजारको एक क्लिनीकमा उपचार गरिएको थियो। त्यहाँबाट उनलाई विराटनगर रेफर गरिएको थियो। विराट अस्पतालमा उपचारकै क्रममा उनको विहीबार बिहान ज्यान गएको हो।  

उनलाई कुटपिटमा  संलग्नमध्ये मुस्कान राईलाई प्रहरीले पक्राउ गरेको छ। अन्य दुईजना फरार रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए । 

कुटपिटबाट मृत्यु भएका लिम्वुको शव अस्पतालबाट निकाल्न समस्या भएको छ । उनको  उपचारका क्रममा करिब ५ लाख रुपयाँ खर्च भइसकेको छ।अस्पताललाई त्यो रकम तिर्नुपर्ने देखिएकाले उनको शव निकाल्न नसकिएको उनकी दिदी मनु लिम्बुले जानकारी दिएकी छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.