|
म्याग्दी घाेडेपानी गाउँपालिका

म्याग्दी : जिल्लाको मंगला गाउँपालिकाले विदेशबाट आएकाको सूचना दिनेलाई नगद पुरस्कार घोषणा गरेको छ। साथै विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेनटाइनमा बस्न आग्रह पनि गाउँपालिकाले गरेको छ।

विदेशबाट आएको १५ दिन भएका व्यक्तिका बारेमा सूचना दिनेलाई १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो। कोरोनाको संक्रमण फैलिएको देशबाट आएका व्यक्तिहरुमा त्यसको संक्रमण हुन सक्ने भएकाले सम्बन्धित व्यक्तिले कम्तीमा दुई सातासम्म सजगता अपनाउनुपर्ने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।

उनका अनुसार गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलनसमेत सुरु गरिसकेको छ। कोरोनाको संक्रमण भएको दुई सातासम्म पनि लक्षण देखिन समय लाग्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रबाट आएका नागरिकलाई सुरक्षित र सचेत हुनको लागि आह्वान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँ आउने नाका बन्द 

सरकारले देशै लकडाउन घोषणा गर्नुअघि सहरबाट गाउँ आएकालाई लक्ष्य गर्दै म्याग्दीको धवालगिरि गाउँपालिका १ गुर्जा गाउँले नाकाबन्दी गरेको छ। 
गुर्जामा बुधबारदेखि गाउँ प्रवेशमा रोक लगाइएको हो। लुलाङ र ढोरपाटनबाट गुर्जा आउन लागेकालाई बाटोबाटै फर्कन अनुरोध गरिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

खाद्यान्‍नकाे मूल्य तोकियो

धवलागिरि गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूची निर्धारण भएको छ। गाउँपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरि इकाइका पदाधिकारीको ताकममा भएको बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूची कायम गरेका हुन्। ताकमलाई आधार मानेर निर्धारण गरिएको मूल्यदर अन्य वडामा ढुवानी जोडेर कार्यान्वयन गरिने, मराङ र मल्कवाङमा स्थानीय व्यवसायी र जनप्रतिनिधिको समन्वयमा मूल्य निर्धारण गर्ने निर्णय भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.