|

काठमाडौ : मुलुक लकडाउन भएको तेस्रो दिन पनि काठमाडौंमा बिहानैदेखि प्रहरीले थप कडाइ गरेको छ। अघिपछिको समयमा सधैँ भिडभाड देखिने मुख्य पर्यटकीयस्थलहरू पनि सुनसान भएका छन्। अरू बेला घुइँचो लाग्‍ने वसन्तपुर, असन तथा ठमेल क्षेत्रहरू पनि सुनसान भएका छन्।

फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सरकारले देशलाई चैत १८ गतेसम्‍म ‘लकडाउन’ गर्ने घोषणा गरेको हो।

काठमाडौं उपत्यकाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ।

अत्यावश्यक पसलहरु खोल्न र भीड नहुनेगरी उपभोक्तालाई सामान विक्री गर्न सरकारले आग्रह गरेपछि खाद्यान्न, दूध, तरकारीलगायत अत्यावश्यक पसल भने खुलेका छन्।

पसल सञ्‍चालकलाई स्यानिटाइजरको व्यवस्था गर्न र उपभोक्तालाई भीड नगरी निश्चित भौतिक दूरी कायम गरी पालैपालो सामान खरिद गर्न सरकारको आग्रह छ। तर, पनि अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कन भनिएको छ।

सरकारले ठूला खाद्य स्टोर तथा पासलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र त्यसका लागि गृह मन्त्रालयले सिमित संख्यामा सवारीसाधनलाई अनुमति दिने व्यवस्था मिलाएको जनाएको छ।

फोटोमा : सुनसान वसन्तपुर,असन तथा ठमेल क्षेत्र 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.