सुधारेनन् बानी, तथानाम गाली

|

इटहरी : पत्रकारलाई तथानाम बालेर गाली गर्न गरेर विवादमा आइरहने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन्।

देश नै कोरोना भाइरसको जोखिमसँग लडिरहेका बेला गुमनाम बनेका मेयर चौधरीलाई इटहरीमा भइरहेको तयारीबारे जानकारी लिन खोज्दा मुख छाडेर तथानामा गाली गरेका हुन्। 

कोरोना भाइरसको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हराएका चौधरीलाई इटहरीको एक टेलिभिजनले फोन सम्पर्क गरेर सोध्न खोजेको थियो ।

भिडियो

कोरोनाविरुद्दको तयारीबारेमा संवादका लागि फोन सम्पर्क गरेको टेलिभिजनका प्राविधिकलाई चौधरीले अपशब्द प्रयोग गर्दै तनाथाम गाली गरेका हुन्। 

इटहरीस्थित एरिना टेलिभिजनका सञ्चारकर्मीले त्यहाँ कोरोना भाइरसको त्राससँग जुध्ने तयारी र अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो अहिले भाइरल भएको छ।

यस्तो छ संवाद

पत्रकारः हेल्लो
मेयरः हेल्लो
पत्रकारः सर नमस्कार
मेयरः नमस्कार
पत्रकारः सर म एरिना टेलिभिजनबाट हो
मेयरः क्यारे!
पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर
मेयरः फोन राख मु......
पत्रकारः सर सन्नुन
मेयरः फोन राख मा...........त
पत्रकारः होइन हौ सर, सन्नुन अनि यो हाम्रो...
मेयर : फोन राख मा..........त तेरो बाउलाई फोन गरेको मा........
मेयरः फोन राख मा..........त

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.