|

कोराना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले टी–२० विश्वकप छनोटका खेलहरू स्थगित गरेको छ। आगामी ३० जुन अगाडिका सबै प्रतियोगिताहरू स्थगित गरिएको हो। कोरोना भाइरसका कारण विश्वभर २१ हजार बढीको ज्यान गइसकेको छ।

आइसिसीले एक विज्ञप्ति जारी गर्दै कोरोनासँग विश्व जुँधिरहेको भन्दै यस्तो अवस्थामा प्रतियोगिता रोक्नु उचित हुने जनाएको हो। ‘विश्वभर पछिल्लो समय बढ्दो स्वास्थ्य संकटलाई ध्यानमा राख्दै जुन अन्तसम्म आइसिसीका सबै खाले प्रतियोगिता स्थगित गरिएको छ।’

आइसिसी इभेन्ट संयोजक क्रिस टेट्लीले भने, ‘हाम्रो प्रतिबद्धता खेलाडी, समर्थक तथा पधाधिकारीको स्वास्थ्य सुरक्षासँगको हो। त्यसैले अहिले विश्वभरका सरकारहरूले कोरोनाविरुद्ध गरिरहेको प्रयासमा हाम्रो एक्यबद्धता छ। अब अवस्था सामान्य नभएसम्म कुनै पनि प्रतियोगिता हुँदैनन्।’

आइसिसी महिला विश्वकप छनोटको मिति जुलाइ ३ देखि १९ सम्म रहेको थियो। साथै आइसिसी पुरुष विश्वकप ट्रफि टुर अप्रिलमा सुरु गर्ने कार्यतालिका रहेको थियो। आइसिसीले अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै आफ्ना सदस्यहरूसँग नियमित छलफलमा रहेको जनाएको छ।

आइसिसीले पुरुष टी–२० विश्वकप २०२१ र पुरुष विश्वकप २०२३ छनोटका खेलहरू आवस्यकता अनुसार अवस्था हेरेर अघि बढ्ने जनाएको छ।

यी प्रतियोगिताहरू स्थगित भए

आइसिसी पुरुष टी–२० विश्वकप छनोट ए– एसिया १६–२१ (कुवेत)

आइसिसी पुरुष टी–२० विश्वकप उप क्षेत्रीय छनोट– अफ्रिका २७ अप्रिल–३ मे (साउथ अफ्रिका)

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु– २०–२७ अप्रिल (नामिविया)

आइसिसी पुरुष टी–२० कप क्वालिफायर ए– युरोप १६–२२ मे (स्पेन)

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु– ९–१६ जुन (पिएनजी)

आइसिसी मेन्ट टी–२० विश्वकप छनोट सी– युरोप १०–१६ जुन (बेल्जियम)

आइसिसी पुरुष टी–२० कप क्वालिफायर बी– एसिया २६ जुन–२ जुलाई (मलेसिया)

आइसिसी पुरुष टी–२० विश्वकप क्वालिफायर बी– युरोप २४–३० जुन (फिनल्यान्ड)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.