|
कारबाही गरिएकाे पर्साकाे सुरेश मेडिकल हल

पर्सा : कोरोना भाइरस महामारीमा पनि सर्वसाधारणलाई ठगी गरेको भेटिएपछि पर्सामा एउटा औषधि पसल दण्डित भएको छ। जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले औषधी पसल दण्डित गरेको हो।

वीरगन्जको माइस्थानमा रहेको सुरेश मेडिकल हललाई कारबाही गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। पसलका सञ्चालक सुरेश गुप्तालाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो। मेडिकलले अत्यधिक नाफा खाएर सर्वसाधारणलाई औषधि बेचेको पाइएको सहायक सिडिओ बस्नेतले बताए।बारम्बार गुनासो आएपछि मेडिकल फर्मालाई कारबाही गरिएको उनले बताए। मेडिकलले एक जोडी सर्जिकल ग्लोब्सलाई ५० रुपैयाँ पाइएपछि कारबाही गरिएको हो 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.