|

कञ्चनपुर : कतार एयरवेजको जहाजमा कोरोना भाइरस संक्रमित युवतीसँगै आएका कञ्चनपुरको महाकाली नगरपालिकाका ४० वर्षीय युवा घरमै क्वारेन्टाइनमा बसेका छन्। स्वास्थ्य जाँचमा कोरोना भाइरसका लक्षण नदेखिएपछि उनी घरमै क्वारेन्टाइनमा बसेका हुन्।

‘विदेशबाट फर्केका युवाको स्वास्थ्य परीक्षण गर्दा कोरोनाका लक्षण नदेखिएपछि परिवारको सम्पर्कमा नरहने गरी क्वारेन्टाइनमा बस्न भनेका छौं’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले भने। उनले युवाको स्वास्थ्य अवस्था भने अहिले ठिकै रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.