प्रहरीकै पहलमा यस्तो उपाय

|
गौरको तरकारी बजारमा दूरी कायम गर्न बनाइएको सेतो घेर। तस्बिर : मनीषराज उपाध्याय

काठमाडौं : कोभिड-१९ भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले एक साता लामो लक डाउन घोषणा गरेको छ। लकडाउनको आज तेस्रो दिन हो। 

लकडाउनको तेस्रो दिन चलिरहँदा नेपालमा अहिलेसम्म तीनजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। लकडाउन जारी रहँदा सर्वसाधरणको दैनिक कठिन हुँदै गएको छ। 

बजार, पसल पूरै बन्द हुँदा मानिसले किनमेल गर्न पाएका छैनन्। किनमेल गर्न नपाउँदा समस्या बढेपछि निश्चित दूरीमा रहने अभ्याससहित मानिसहरु बाहिर निस्किन थालेका छन्।

मानिसबाट मानिसमा तीव्र गतिमा फैलिने कोरोना भाइरसबाट जोगिन मानिसहरुले निश्चित दूरी कायम गर्न थालेका हुन्। यस्तो अभ्यास बाग्लु्ङ, झापा र रौतहटसहितका जिल्लामा देख्न पाइएको छ।

लकडाउनका क्रममा बाहिर निस्कने मानिसहरुलाई रोक्नै पर्ने बाध्यताका कारण प्रहरीले भने अझै निश्चित दूरीको सूत्रलाई कार्यान्वयन गर्न सकेको छैन। अटेरी गर्ने केही मानिसलाई समात्न हातै हाल्नुपर्ने बाध्यतमा छ प्रहरी।

लकडाउनले दैनिकी कष्टकर भएपछि बाग्लुङमा उद्योग वाणिज्य संघ र स्थानीय प्रसाशनले शर्तसहित उपभोग्य वस्तुको खरिदका लागि सर्वसाधारणलाई आह्‍वान गरेको छ। 

बागलुङ बजार

प्रहरी, प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधि समेतको सहभागितामा दैनिक उपभोग्य वस्तुहरुको बिक्री हुने पसलहरुमा सेतो घेरा लगाइएको छ।

अत्यावश्यकीय पसलमा पनि दूरी कायम गरेर संक्रमणबाट सुरक्षित गर्न घेरा लगाइएको व्यवसायीहरुले जनाएका छन्। बजारका दैनिक उपभोग्य पसलमा बिहान र साँझ भीडभाड हुन थालेपछि बागलुङ उद्योग वाणिज्य सघंले प्रहरीसँग मिलेर सेतो घेराको फर्मुला लागू गरेको हो। 

उता रौतहटको गौर नगरपालिकास्थित तरकारी खरिद विक्री हुने हटियामा पनि यस्तै सेतो घेराको अभ्यास थालिएको छ। यसले कोरोना एकअर्कामा सर्न नदिने विश्वास लिइएको छ। रौतहट भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ विशेष सतर्कता अपनाइएको छ।

उता झापामा पनि जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले आफ्नो फेसबुक एकाउन्टमा राखेको एउटा सन्देशमुलक पोस्टले काम गर्न थालेको छ।

कोरोना भाइरसबारे बच्ने तरिकाबारे सन्देशसहितको तस्बिरमा कोरोना भाइरसबाट बच्‍न दूरी कायम गरिएको देखाइएको पाएपछि व्यापारीहरुले त्यसैलाई अवलम्बन गर्न थालेका छन्। 

दक्षिणी भारतमा खाद्यान्‍न पसलमा किनमेल गर्न जाने उपभोक्तालाई दूरी कायम गर्ने उद्देश्यले त्यहाँका पसल अगाडि गोलो घेरा बनाएको तस्बिर एसपी कोइरालाले पोस्ट गरेका थिए। 

एसपीले कोइरालाले कोरोनाविरुद्ध जनचेतनामूलक सन्देश तस्बिर हालेलगतै बिहीबारदेखि जिल्लाका विभिन्‍न बजार क्षेत्रमा औषधि, खाद्यान्‍न, सागसब्जी पसल अगाडि व्यवसायीले गोलो घेरा बनाएर उपभोक्तासँग सामाजिक दूरी कायम गर्न थालेका छन्। झापाको बिर्तामोड र भद्रपुरका व्ययवासीले अहिले धमाधम आफ्नो पसल अगाडि गोलो घेरा बनाउन थालेका छन्। प्रहरीले पनि व्यवसायीहरूलाई सहयोग गर्न थालेको पाइएको छ। 

बागलुङ बजारझापा

राैतहट, गौर

भारतको गुजरात

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.