संकटको बेलामा सरकारला सघाउन तयार छौं : प्रसाई

|

काठमाडौं : निजी अस्पतालले कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारमा इन्कार गरिरहेका बेला केही सञ्चालकहरु राज्यलाई सघाउन तयार देखिएका छन्। 

विर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि राज्यलाई दिन तयार रहेको सञ्चालकले घोषणा गरेका छन्। 

बिहीबार मात्रै बिराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्माले कोरोना भाइरसका बिरामीको उपचारका लागि आफ्नो अस्पताल राज्यलाई दिन तयार रहेको बताएका थिए। 

बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले शुक्रबार विज्ञप्ति जारी गर्दै तत्काल कोरोनाको उपचार गर्न बीएण्डसी टिचिङ हस्पिटल राज्यलाई दिन तयार रहेको बताएका हुन् ।

बीएण्डसीमा ८०० सय साधारण शय्या, १०० सघन उपचार कक्ष (आईसीयू) र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको छ। यो अस्पतालमा १०५ चिकित्सक कार्यरत छन्।

प्रसाईले आफूहरुसँग स्वास्थ्यकर्मीका लागि पीपीई र परीक्षण किट नभएका कारण उपचारमा समस्या भएकोसमेत बताएका छन्।  

'सरकारले मात्रै उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएले यो उपचार र परीक्षण गर्न सकिरहेका छैनौं', उनले भने, 'सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो अस्पताल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं।’

यसअघि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले कोरोनाका बिरामीको उपचारका लागि ५ बेडको आइसोलेसन कक्ष बनाइसकेको जनाएको छ। 

नर्भिकका अध्यक्ष वसन्त चौधरीले संकटको यो अवस्थामा आफूहरुको तर्फबाट राज्य दिइने सहयोगमा कुनै कमी हुन नदिने स्पष्ट पारेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.