|

काठमाडौं : पछिल्ला दिनमा विद्युतीय चुलोको प्रयोगप्रति आमनागरिकको आकर्षण बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्लो दिनमा मात्रै तीन हजार बढी विद्युतीय चुलो बिक्री गरेको जनाएको छ।

विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण बढेपछि नागरिकमा पनि खाना पकाउने ग्यास नपाउने भन्ने सन्त्रास बढेका कारण विद्युतीय चुलोमा आकर्षण बढेको हो। कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार कोरोनाको सन्त्रास फैलिएपछि कम्पनीका विभिन्न बिक्री केन्द्रमार्फत विद्युतीय चुलो बिक्री भएको हो।

सरकारले हिजो मात्रै विद्युतीय चुलो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ। २०७२ साल वैशाखमा गएको भूकम्पको समयमा चीनले नेपाललाई अनुदानस्वरूप ७ हजार ३ सय ४० थान विद्युतीय चुलो उपलब्ध गराएको थियो। त्यसमध्ये झण्डै ५० प्रतिशत चुलो बिक्री भएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.