|

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ। औषधोपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज भोलि ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ।

निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइडबडी जहाज भोलि चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुंगिनसकेको जानकारी दिए। ‘वाइडबडी जहाज शनिबार चीन पठाउने तयारी गरिएको हो तर यो प्रक्रियामै छ, ‘ओभर फ्लाइङ पर्मिशन’का लागि सम्बन्धित मुलुकसँग पहलकदमी भइरहेको छ। उडान अनुमति पाउनासाथ जहाज पठाइनेछ’ उनले भने।

वाइडबडी जहाजले कोभिड– १९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याउनेछ। सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.