|

मकवानपुर : नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्र बानियाँले कोरोनाविरुद्ध अभियानका लागि ५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।
 

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले पश्चिमी मकवानपुरका ३ गाउँपालिकालाई ५ लाख रुपैयाँ सहयोग गर्ने जनाएका हुन् । मकवानपुर क्षेत्र नम्बर २ ‘ख’का सांसद बानियाँले राक्सिराङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा २ लाख रुपैयाँ जम्मा गर्ने जनाएका छन्।

त्यसैगरी, मनहरि गाउँपालिकालाई १ लाख र कैलाश गाउँपालिकालाई २ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।  उक्त रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषको खातामा जम्मा गर्ने जनाइएको छ।

उनले महामारी रोकथाम तथा नियन्त्रणमा गाउँपालिकाहरुको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। बागमती प्रदेशभर अति न्यून आय भएका विपन्‍न वर्ग, लोपोन्मुख बनकरिया, दैनिक श्रम गरी खाने असंगठित श्रमिक र जनजाति समुदायलाई लक डाउनको समयमा हुन सक्ने खाद्यान्‍नलगायत अत्यावश्यक सामग्री उपलव्धताका लागि संघीय एवं बागमती प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । 

राक्सिराङ गाउँपालिका कार्यालयले आर्थिक अवस्थाको मध्यनजर गर्दै कोरोना भाइरस संक्रमणको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा र थप परीक्षणका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जानु परेमा प्रतिबिरामी ५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ भने विपद व्यवस्थापन कोषमा २५ लाख रुपैंया जम्मा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.