न पर्यटकको चहलपहल न त स्थानीयबासी

|

काठमाडौं : विश्‍‍वभर कोभिड-१९ को संक्रमणको डर बढ्दै छ। अहिलेसम्म विश्‍वका २०५ भन्दा धेरै मुलुकमा यो भाइरसल प्रवेश पाइसकेको छ।

विश्‍वका अधिकांश देशको अर्थतन्त्र कोरोना भाइरसले डामाडोल बनाउँदैछ। नेपालको अर्थतन्त्रमा पनि कोरोना प्रभाव देखिन थालेको छ। नेपालको आम्दानीको एक श्रोत पर्यटन हो। तर कोरोनाका कारण यतिबेला पर्यटन मृतप्राय छ।

नेपाल तथा विदेशका पर्यटकका लागि काठमाडौंका आकर्षक ठाउँमध्ये एक हो बौद्धनाथ क्षेत्र। चैत्र ११ बाट नेपालमा लकडाउन भएपछि पर्यटकको भिड लाग्‍ने बौद्धनाथ क्षेत्र पनि सुनसान छ। सरकारले ककडाउनको म्याद २५ गतेसम्म कायम गरेपछि बौद्धनाथसहितका पर्यटकीय क्षेत्र रित्तै हुनेछन्। 

पर्यटकको घुइँचो लाग्‍ने बौद्ध परिसर सुनसान भएको केही साता बितिसकेको छ। विभिन्‍न देशबाट आउने हवाई यातायात ठप्प हुनु तथा लकडाउनले  बौद्ध क्षेत्रमा चहलपहल शून्य जस्तै छ। बौद्धनाथमा न पर्यटक छन् न त स्थानीयबासिन्दा नै देखिन्छन्। 

तस्बिरमा हेर्नुस् सुनसान बौद्धनाथ क्षेत्र 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.