|
समाचार प्रतिनिधि तस्बिर

भद्रपुर, (झापा) : ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्। 

भद्रपुर नगरपालिका-३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र पाँचजनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्‍वारेन्टाइनमा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए। 

उनीहरूलाई शनिवार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको डा. ठाकुरले बताए। कोरोना भाइरस सङ्क्रमणको आशङ्कालाई पुष्टि गर्न दुवैजनाको थ्रोट स्वाब परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने अस्पतालले जनाएको छ। 

अस्पताल स्रोतका अनुसार दुई साताअघि ती परिवारका एक सदस्य कतारबाट घर फर्किएका थिए। कतारबाट फर्किएका ती व्यक्ति सेल्फ क्‍वारेन्टाइनमा नबस्दा परिवारका अन्य सदस्यमा ज्वरो र रुघाखोकी देखा परेको हो। कतारबाट फर्किएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहेको जनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.