|

बैतडी : कोरोना आशंका गरेर प्रयोगशाला पठाइएका बैतडीका एक बृद्धाको नमूना परीक्षण गर्दा नेगेटिभ आएको छ।

दशरथचन्द नगरपालिका ७ दुर्गास्थानका ५८ वर्षीया घुुम्रा लुहारको नाक र घाँटीको र्‍याल ( थ्रोट स्वाव) परीक्षण गर्दा नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले जानकारी दिए। 

लुहारको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा नेगेटिभ देखिएको हो। उनको स्वाव बुधबार टेकु पठाइएको थियो।  ज्वरोसँगै, खोकी, र श्वासप्रश्वासको समस्या देखिएपछि चेकजाँच गर्दा घुम्रालाई १००.४ डिग्री फरेनहाइट ज्वरो देखा परेको थियो।  

बृद्धामा उच्च ज्वरो देखिएपछि नमूना परीक्षणका लागि पठाउनुका साथै जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।  रिपोर्ट नेगेटिभ आएसँगै लुहारलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको छ।  

घुुम्राका परिवारका सदस्यलाई यसअघि क्वारेन्टाइनमा राखिएको भए पनि अब सामान्य अवस्थामा बस्न दिइएको छ। यसैबीच लुहारसँगै परीक्षणका लागि पठाइएको एक अर्का व्यक्तिको नमूनाको रिपोर्ट भने आउन बाँकी रहेको छ।  

बैतडीको पुर्चौडीका  ४५ वर्षीय ती व्यक्तिको जगन्नाथ बहुमुखी क्याम्पसमा स्थापना गरिएको आइसोलेसनमा उपचार भइरहेको छ।

भारतवाट आएका ती व्यक्तिको मंगलबार चेकजाँच गर्दा १००.८ डिग्री फरेनहाइट ज्वरो देखा परेको थियो।  ती व्यक्तिको रिपोर्ट एकदुई दिनमा आउने जिल्ला अस्पताल बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.