|

काठमाडौं : सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ।

बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले सनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गरेका हुन्। बैंकले पुन प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरि दुई प्रकारका पिपिई हस्तान्तरण गरेको छ।

बैंकले अस्पताललाई उपलब्ध गराएका पिपिइमा ५ थान पुन प्रयोग गर्न सकिने र २० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन् । कोरोना भाइरसका शंकास्पद बिरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पर्याप्त नभएको गुनासो आइरहेका बेला बैंकले सहयोग गरेको हो।

पिपिई अभावमा उपचारर  परीक्षण नै प्रभावित भइरहका बेला बैंकले पिपिईं उपलब्ध गराएको हो । बैंकले काठमाडौं बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पिपिई उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर सुशील शर्माले व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग मिलेको बताए।

बैंकले वीर अस्पताललाई पनि २५ थान पिपिई उपलब्ध गराएको छ । शनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पिपिइ हस्तान्तरण गरे। अस्पताललाई उपलब्ध गराइएको पिपिईमा ५ थान पुन: प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.