|

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले पनि सार्वजनिक स्थानमा डिसइन्फेक्सन स्प्रे छर्किएको छ। कोरोना भाइरस संक्रमण फैलन नदिन नगरपालिकाले शनिबार दिउँसोदेखि औषधि छर्किएको हो। 

नगरपालिकाले अहिलेसम्म स्टलबजार, एक नम्बर बजार, दुई नम्बर बजार, हस्पिटल रोडलगायत ठाउँमा यसखाले औषधि छर्किसकेको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिए। नगरपालिकाले मुख्य बजार क्षेत्रहरुमा र मानिसको भीडभाड हुने ठाउँमा औषधि छर्किरहेको छ। 

नगरप्रमुख खड्ग बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीलगायतको उपस्थितिमा औषधि छर्किइएको हो। नगरपालिकाले माढीबजार, धुराबजार, शान्तिनगर, ढुंग्रेबास, मधुटार, भिमानलगायत ठाउँमा औषधि छर्कने सूचना अधिकारी ढकालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.