|

कोरोना संक्रमणका कारण स्पेनमा ज्यान गुमाउने संक्रमितको संख्या ६ हजार नजिक पुगेको छ। हालसम्म ५ हजार ६ सय ९० जनाको ज्यान गएको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ।

निकै तीब्र गतिमा मानवीय हताहती भइरहेकाले मृत्यु हुनेको संख्या ६ हजार हाराहारीमै पुगिसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छ। 

यो सामग्री तयार पार्दै गर्दा पछिल्लो २४ घण्टामा मात्रै ८३२ स्पेनिशले ज्यान गुमाएका छन्। संक्रमणका कारण भएको पछिल्लो मृत्युदर हालसम्मको तुलनामा १७ प्रतिशतले बढी हो। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार दुई दिनभित्र भएको क्षतिको तुलना गर्दा यो झन्डै १९ प्रतिशतले बढेको छ। 

कोरोना महामारीका कारण खराब अवस्था भोगिरहेका मुलुकमध्ये स्पेन पनि एक हो। संक्रमितहरुको उपचारका लागि त्यहाँको सरकारले पर्याप्त स्रोत जुटाउन कोशिस गरेपनि सकिरहेको छैन। त्यहाँ एकैदिन ६,५०० भन्दा बढी संक्रमित पहिचान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.