|

जाजरकोट : यहाँको छेडागाड नगरपालिका-११ का वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति सांघातिक आक्रमण भएको छ।

नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारी अनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँमा प्रचार गदै हिँडेको समयमा आक्रमण भएको हो। 

झार्पा पिपल बोटनजिकैबाट अपरिचित व्यक्तिको समूहले  वडा कार्यालय तिर जाऊँ भनी लगेर कुटपिट गरी मरानसन्‍न बनाएर फालेको खुलेको छ। 

गएराति नै सिंहलाई  दुई खुट्टा भाँचेर पाखो जमिनमा छाडेर हिँडेको अवस्था भेटिएको गाउँपालिका अध्यक्ष महताराले बताए। अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.