|

रौतहट : कोरोना भाइरसको त्रासको कारण लकडाउनबाट प्रभावित विपन्न परिवारलाई गौर नगरपालिकाले खाद्यान्न वितरण गरेको छ। विश्व कोरोना भाइरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण शुरु गरेको हो।

कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउनका वेला दैनिक काम गरेर गुजारा गरिने त्यस्ता विपन्न परिवारलाई एकछाक खाना समस्या हुँदै गएकोले गौर नगर क्षेत्रका त्यस्ता परिवारलाई पहिचान गरी खाद्यान्न वितरण गरिएको गौर नगरपालिकाका नगर प्रमुख अजयकुमार गुप्ताले बताए।

आइतबार विहान गौर नगरपालिकाको सहयोगमा नगर प्रमुख गुप्ता, प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की, वडा नं. २ का वडाअध्यक्ष राकेश झाको टोलीले वडा नं. २ स्थित मुसहर बस्तीका विपन्न तथा सिमान्तीकृत ८५ परिवारलाई राहत प्रतिपरिवार १५ केजी चामल, ३ केजी दाल, ४ केजी आलु, ५०० ग्राम खाने तेल र १ केजी नुन हस्तान्तरण नगर प्रमुख गुप्ताले बताए। 

गौर नगर क्षेत्रमा रहेका अति विपन्न, गरिव, असहायलगायतको पहिचान गरी आवश्यक खाद्यान्न पदार्थको परिपूर्तिका लागि नगरपालिका तत्पर रहेको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए।

नगरपालिकाले विस्तारै प्रत्येक घरघरमा हामी खाद्यान्न पुर्‍याउने बन्दोबस्तीमा लागेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.