|
जिल्ला प्रशासन कार्यालय राैतहटले 'सटडाउन' लगाएपछि सुनसान बनेकाे सदुरमुकाम गाैर

रौतहट : कोरोना भाइरस संक्रमण रोक्न सरकारले लगाएको लकडाउनमा पनि जनता बाहिर निस्केर हिँड्न थालेपछि जिल्ला प्रशासन कार्यालयले रौतहटमा आइतबारदेखि सटडाउन(निषेधज्ञा) लागु गरेको छ।

लकडाउनमा स्थानीयबासी बाहिर हिँडडुल गर्न थालेपछि प्रशासनले सटडाउन लगाएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। सटडाउन लगाएपछि अहिले सदरमुकाम गौर ठप्प छ। अनिश्चतकालका लागि आइतबारबाट सटडाउन लागू गरिएको प्रजिअ घिमिरेले बताए। 

सट डाउनमा औषधि पसलबाहेक सबै पसल बन्द रहने उनले जानकारी दिए। यता लकडाउन भएपछि हालसम्म रौतहटको विभिन्न क्वारेन्टाइनमा ७६ जना बसेका छन्। कोरोना भाइरसको संक्रमण हुन सक्ने बताउँदै विदेशबाट र भारतबाट आएका ब्यक्तिहरु क्वारेन्टाइनमा बसेका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.