आजै बस्‍ने मन्त्रिपरिषद्‍ले थप निर्णय लिने

|

काठमाडौं : विश्‍वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि बेशाख पहिलो सातासम्म थप्‍न सरकारलाई सिफारिस गरेको छ। 

उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले लकडाउनको अवधि थप्‍न मन्त्रिपरिषद्‍ समक्ष सिफारिस गरेको हो। तर, कति अवधि थप्‍ने भन्‍ने निर्णय आजै बस्‍ने मन्त्रिपरिषद्‍ बैठकले गर्ने छ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएकाले समितिले लकडाउनको अवधि थप्‍ने निर्णय लिएको हो। 

सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा र गाडी तथा हवाई यातायात पनि बनद गर्ने  निर्णय गरेको थियो।

हवाई उडान नखुल्ने

समितिले अझै वैशाख पहिलो सातासम्म हवाई उडान नखोल्ने निर्णय लिएको छ। अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आगामी वैशाख ३ गतेसम्म लम्ब्याइएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए। अब वैशाख ३ पछि मात्रै अन्तर्राष्ट्रिय हवाई उडान फुकुवाको निर्णय लिइनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.