आवश्यकताअनुसार अझै थप गर्छाैं : अस्पताल

|

माेरङ : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को व्यवस्था मिलाएर सेवा सुचारु गरेको छ। संक्रमण फैलिरहेका बेला उपचारमा खटिने सबै डाक्टर, नर्स र स्वास्थ्य प्राविधिकहरुलाई पिपिई उपलब्ध गराइएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए। 

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बिरामीको सेवामा खट्ने स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको जनाएको हो। 

‘बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा नहुन् र स्वास्थ्यकर्मीबाट पनि बिरामीमा संक्रमण नफैलियोस भनेर जोखिम पिपिईको व्यवस्था मिलाएका हौं।’ डा.शर्माले तत्कालका लागि २ सय २५ थान ल्याएर सेवा सुरु गरिएको बताउँदै आवश्यकताअनुसार अझै थप गर्ने जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.