राजनीति

टेन्टमा बागमती मन्त्रिपरिषदकाे निर्णय : स्थानीय तहलाई सहयोग रकम

चैत १६, २०७६

    हेटौंडा : कोरोना त्रासको कारण बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक फरक ढंगले बसेको छ। कोरोना संक्रमणको आशंका टेन्टमा बैठक बसेको छ। टेन्टमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ। 

    प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रीहरूको उपस्थिति थियो।  

    स्थानीय तहमा बजेट पठाउने निर्णय

    मन्त्रिपरिषदबाट कायविधि पारित भएसँगै स्थानीय विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने बाटोसमेत खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जनाए।

    आइतबारै बसेको विपद व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रूपमा बनेका विपद व्यवस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

    बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। 

    जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय गरेको छ। सो रकम कोरोना संक्रमण रोकथाम तथा उपचार, आइसोलेसन तथाक्‍वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]