|

दैलेख : कोभिड १९ को आशंकामा दैलेखको आठबिस नगरपालिका राकमकर्णाली स्वास्थ्य चौकीमा भर्ना भएका दुई जनाको रिर्पोट नेगेटिभ आएको छ। भारतको महाराष्ट्रबाट आएका एकै घरका दुई जनालाई ज्वरो र रुघाखोकी आएपछि नगरपालिका ४ मा रहेको राकमकर्णालीमा स्वास्थ्य चौकीमा भर्ना भएका थिए। 

भर्ना भएका दुई जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएकोमा दुवै जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्तले जानकारी दिए। उनले भर्ना भएका दुवैलाई स्वास्थ्य चौकीबाट उपचार गराएर ज्वरो र रुघाखोकी सन्चो भएपछि आइतबार डिस्जार्च गरिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.